सरकारबारे निर्णय लिन रास्वपाको बैठक बस्दै
१८ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक आज (सोमबार) बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय वसुन्धारामा बिहान ११ बजे केन्द्रीय कार्य समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बस्न लागेको रास्वपाले जनाएको छ । केन्द्रीय कार्य समितिको बैठकमा सरकारलाई दिएको समर्थन बारे गम्भिर समीक्षा हुने बताइएको छ ।
केहि दिनअघि पार्टीका सभापति रवि लामिछानले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको बताएका थिए । उनले आफूहरुलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताहरुले मत दिएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य गर्ने विषय सत्ता गठबन्धन सरकारले न्युनतम साझा कार्यक्रमबाट हटाएकाले आफूहरुको आपत्ति रहेको भन्दै सरकारलाई दिएको समर्थन बारे पार्टीमा गम्भिर छलफल गर्ने र आवश्यक निर्णय गर्ने उल्लेख गरेका थिए ।
सोही अनुसार रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने बारे छलफल गर्न बैठक बोलाएको हो ।
हिजो आइतबार मात्रै पार्टी सभापति लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो । भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए । लामिछानेले भने आफ्नो पार्टीले सरकारको नीति तथा कार्यक्रममा राखेका एजेण्डा हटाएकामा असन्तुष्टि व्यक्त गरेका थिए ।
जवाफमा प्रचण्डले सरकारमा सहभागी भए नीति तथा कार्यक्रममा एजेण्डा पुनः राख्ने आश्वासन दिएका थिए । तर पार्टी सभापति लामिछाने भने सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने तयारीमा रहेको बुझिएको छ । आजको केन्द्रीय समितिको बैठकमा लामिछानेले प्रधानमन्त्रीसँगको भेटवार्तामा भएको कुराकानी पनि राख्ने बताइएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड नेतृत्त्वको सरकार बन्दा रास्वपाले समर्थन गर्दै सरकारमा सहभागी बनेको थियो । राजनीतिक घटनाक्रमसँगै रास्वपा गतवर्षको माघ २२ गते सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने अहिलेसम्म फिर्ता लिएको छैन् । यसैगरी, आजै दिउँसो ३ बजे बस्ने संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गर्ने गर्ने बताइएको छ ।
पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट गत शनिबार राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक बस्न लागेको हो । दलको नेतामा पार्टी सभापति लामिछानेलाई चयन गर्ने रास्वपाको तयारी छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply