यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल
१८ वैशाख, काठमाडौं ।एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालित खेलका लागि नेपाली टिममा एकजना परिवर्तन गरिएको छ। दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झा ल्याइएको हो।
नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन्।
आजको खेल विजेताले सेप्टेम्बरमा हुने एसिया कपमा पाकिस्तान र भारतसँग खेल्न पाउनेछ।
सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह ए को विजेताका रुपमा फाइनलमा पुगेको हो। उता यूएईले सेमिफाइनलमा ओमानलाई डीएल मेथडमा दुई रनले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो।
घरेलु टोली नेपाल दर्शक र घरेलु मैदानको फाइदा उठाउँदै एसिया कप पुग्ने लक्ष्यमा छ। उता यूएई पनि नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्ने योजनामा छ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply