एमालेले बोलायो सचिवालय बैठक
२२ वैशाख, काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । झापामा वैशाख २९ देखि ३१ सम्म हुने केन्द्रीय समिति बैठकअघि सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
रिजालका अनुसार सचिवालय बैठक वैशाख २६ गते पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डाहरू तय गर्नेछ । सचिवालय बैठकअघि महासचिव शंकर पोखरेल नेतृत्वको पार्टी केन्द्रीय कार्यालयको बैठक वैशाख २५ मा बस्नेछ ।
एमालेले पार्टी सुदृढीकरण अभियान अन्तर्गत दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सम्पन्न गरेको छ । फागुन ६ गतेदेखि सुरु भएको उक्त अभियान वैशाख ६ मा सकेर प्रदेशस्तरीय समीक्षा समेत गरिसकेको छ । केन्द्रीय कमिटी बैठकमा ग्रासरुट अभियानको समग्र समीक्षासहित नेताहरूको जिम्मेवारी समेत हेरफेरको निर्णय हुनसक्ने नेताहरूले बताएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply