नवनियुक्त मन्त्री आचार्यले लिए शपथ
२४ वैशाख, काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले शपथ लिएका छन् ।
शीतल निवासमा आयोजित एक समारोहबीच मन्त्री आचार्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए ।
महिला बालबालिका मन्त्रालय सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवलाई खानेपानी मन्त्रालयमा पठाएर आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
कांग्रेसबाट आज शपथ लिएका मन्त्री आचार्य शेखर-गगन समूहका हुन् । अब जसपाको भागमा परेको वन मन्त्रालय मात्रै रिक्त छ ।
सुरेन्द्रराज आचार्य कपिलवस्तुमा लामो समय नेपाली कांग्रेसको विभिन्न तहमा बसेर काम गरेका अनुभवी नेता हुन् । जिल्लाको पार्टी नेतृत्व सम्हालेका आचार्य अहिले कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री छन् । २०७० को दोस्रो संविधान सभाको सदस्य पदमा निर्वाचित भई उनी तीन महिना सिँचाइ राज्यमन्त्री बनेका थिए ।
दुई कार्यकाल कांग्रेस पार्टीको जिल्ला सभापति भएका आचार्य ०७४ मा कपिलवस्तु क्षेत्र नं २ बाट पराजित भएका थिए । ०७९ मंसिर ४ को निर्वाचनमा सत्तारुढ ५ दलको गठबन्धनको समर्थनमा उम्मेदार बनेका आचार्यले नेकपा एमालेका वृजेश कुमार गुप्तालाई ३१७ मतले हराएर विजयी भएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply