२६ बैशाख २०८०, मंगलवार ०५:००
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
दार्चुलामा चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते
२६ वैशाख, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–३ मा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । सोमबार बेलुका साढे ६ बजेतिर सोही चट्याङमा परेर दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
बेलुकातिर खेतमा काम गरिरहेको अवस्थामा चट्याङ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । उक्त चट्याङमा सँगै काम गरिरहेका एकै घरका तीन जना घाइते भएका थिए । घाइते अवस्थामा गोकुलेश्वर अस्पतालमा पुर्याएपछि घाइते भएका १५ वर्षीय नरेश खत्रीलाई डाक्टरले मृत्त घोषणा गरेको उनले बताए ।
शैल्यशिखर नगरपालिका–३ दार्माका मृतक खत्रीसँगै खेतमा काम गरिरहेका उनकी आमा अन्दाजी ३९ वर्षीया मिना खत्री र काका ३० वर्षीय कुमार खत्री समान्य घाइते भएका छन् । उनीहरूको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply