विदेशबाट फर्किदा २ वटा मोबाइल ल्याउन दिने मन्त्रिपरिषद्को निर्णय
२६ वैशाख, काठमाडौं । सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल ल्याउन दिने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको छ । हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ ।
१५ पुसदेखि एमडीएमएस प्रणाली लागु गर्दै विमानस्थल भन्सारले प्रयोग भइरहेको वा नयाँ जुनसुकै फोन एक थान मात्र ल्याउन दिएपछि विवाद भएको थियो । लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि एमडीएमएस प्रणाली लागु नगर्न निर्देशन दिएका थिए ।
मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली लागु गर्ने र विदेशबाट फर्किने नेपाली नागरिकले थप एक थान (प्रयोग गरिरहेको बाहेक) फोन ल्याउन दिने गरी झिटिगुन्टा आदेश संशोधन गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply