२७ बैशाख २०८०, बुधबार ०२:१८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रि-बजेट छलफलमा उठेका प्रश्नको जवाफ आज अर्थमन्त्रीले दिने
२७ वैशाख, काठमाडौं । बर्खे अधिवेशन सुरु भएसँगै संघीय संसदमा प्रि-बजेटबारे छलफल भइरहेको छ ।
आज प्रि-बजेट छलफलको अन्तिम दिन हो । गत आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार उक्त प्रस्तावमाथिको छलफल आज सकिंदैछ ।
छलफल सकिंएसँगै आजै अर्थमन्त्री महतले संसदमा उठेका प्रश्नको जवाफ दिनेछन् । प्रि-बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ ।त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत हुनेछ ।
संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिनअगावै प्रि-बजेट छलफल समाप्त गरिसक्नुपर्छ । जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply