दैलेखमा डढेलोले जलेर १२ मजदुर घाइते
२७ वैशाख, दैलेख । दैलेखको आठबीस नगरपालिका–६ माल्याको वनमा आगेको डढेलेले जलेर १२ जना घाइते भएका छन् ।
घाइतेहरूको स्थानीय आधारभूत स्वास्थ्य चौकी राकममा प्राथमिक उपचार भइरहेको नगरपालिकाकी उपमेयर कल्पनाकुमारी थापा चन्दले जानकारी दिइन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको उनले बताइन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाटो खन्न जङ्गलमा गएका उनीहरू आगलागी हुँदा ओडारमा बसेका थिए । आगोको मुस्लो ओडारमै पसेपछि उनीहरू घाइते भएका हुन् । घाइतेहरूको उपचारका लागि गृह मन्त्रालयसँग हेलिकप्टरको कुरा भइरहेको उपमेयर चन्दले बताएकी छन् ।
आठबिस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालका अनुसार काम गरिरहेको अवस्थामा एक्कासी वनमा लागेको डढेलो फैलिएको र भाग्ने ठाउँ नभएपछि उनीहरुको शरीरमा आगो लागेको हो । ‘काम गर्न गएका १२ जना आगलागीमा परेको बुझिएको छ । तीमध्ये चार जनाको अवस्था गम्भीर छ भन्ने सुनेका छौं । हामीले घाइतेहरुको उद्दारका लागि टोली परिचालन गरिसकेका छौं’ प्रमुख बडुवालले भने ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply