गृहमन्त्रीलाई कांग्रेस युवा नेताहरूले भने : हामी साथमा छौँ, खुट्टा नकमाउनू
२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेस रुपान्तरणका लागि देश दौडाहाको तयारी गरिरहेका तेस्रो पुस्ताका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन आग्रह गरेका छन्।
पार्टीकै केन्द्रीय सदस्य बालकृष्ण खाँण पक्राउपछि सिंहदरबार पुगेका तेस्रो पुस्ताका नेताहरुले उनलाई कसैको प्रभाव र दबाबमा नपरी अनुसन्धान प्रक्रिया अगाडि बढाएर दोषीमाथि कारबाही गर्न सुझाव दिएका हुन्।
उनीहरुले सरकारले नक्कली भुटानी शरणाथी प्रकरणमा चालेको कदम प्रति आफूहरुको ऐक्यवद्धता रहेको बताए।
‘सरकारको कदमको हामीले ऐक्यवद्धता रहेको जानकारी गरायौँ, भेटमा सहभागी कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले भने, भोलिका दिनमा कसैको दबाब र प्रभावमा परेर वा कुनै बहानामा छानबिन अवरुद्ध नहोस् भनेर आग्रह गर्यौँ।
भेटमा गृहमन्त्रीलाई आग्रह पूर्वाग्रह नराख्न र राजनीतिक दबाबमा नपर्न सुझाव दिएको नेता गोविन्द पोखरेलले बताए।
‘गृहमन्त्रीज्यूलाई आग्रह पूर्वाग्रह नराख्नु होला। दोषी नउम्किउन्, निर्दोष नफसुन्। राजनीतिक दबाबमा नपर्नु होला भन्यौँ’ उनले भने।
जवाफमा गृहमन्त्री श्रेष्ठले कांग्रेसका नेताहरुको साथले हौसला बढेको बताए।
‘भ्रष्टाचारले राजनीति र व्यवस्थामाथि परेको प्रभावबारे राम्रोसँग जानकार छु,श्रेष्ठको भनाइ उद्धृत गर्दै आचार्यले भने, कसैको दबाब र प्रभावमा पर्दिन। कारबाहीको सिलशीला अगाडि बढ्छ। आग्रह–पूर्वाग्रह नराखी छानबिन हुनुपर्छ भन्ने पक्षमा छु।
गृहमन्त्री श्रेष्ठले कांग्रेसका नेताहरुसँग नक्कली शरणार्थी प्रकरणमा संलग्न जुन सुकै घराना र साइनोका भए पनि आफू प्रभावित नहुने पनि बताए।
‘कुनै घराना र साइनोबाट म प्रभावित हुन्न, आचार्यले उनको भनाइ उद्धृत गर्दै भने।
भेटमा कांग्रेस केन्द्रीय सदस्य आचार्यसँगै अर्का केन्द्रीय सदस्य डा गोविन्द पोखरेल, युवा नेताहरु गुरुराज घिमिरे, रञ्जित कर्ण, भुपेन्द्रजंग शाही, विनोद कायस्थलगायत सहभागी थिए।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply