२८ बैशाख २०८०, बिहीबार ०१:१३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ज्युँदा शहीद मुकेश कायस्थको निधन
२८ वैशाख, काठमाडौँ । विसं २०६२–०६३ को जनआन्दोलनका ज्युँदा शहीद बनेपाका मुकेश कायस्थको निधन भएको छ । कायस्थको बुधबार निधन भएको पत्रकार सिर्जना दुवालले फेसबुकमार्फत् जानकारी दिएकी छन् ।
जनआन्दोलनका क्रममा २७ चैत २०६२ मा प्रहरीले चलाएको गोली कायस्थको कञ्चटमा लागेको थियो । गोलीका कारण उनी अचेत बनेका उनलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो ।
बनेपाको विद्यासागर बोर्डिङ्ग स्कुलका विद्यार्थी मुकेशलाई गोली लागेपछि उनले आफ्नो अध्ययनलाई अगाडि बढाउन सकेनन् । गोलीका कारण उनलाई पक्षघात भयो । जसका कारण त्यसयता उनी हिँडडुल समेत गर्न सक्दैनथे । बनेपामा भएको सो गोलीकाण्डमा आन्दोलनमा सहभागी अर्का युवा शिवहरि कुँवरले सहादत प्राप्त गरेका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply