परराष्ट्रमन्त्री साउद आज बंगलादेश जाँदै
२९ वैशाख, काठमाडौँ । छैटौं इण्डियन ओसन कन्फ्रेन्स–२०२३’ मा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद आज (शुक्रबार) बंगलादेश जाँदैछन् । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी भएर बुधबार मात्र स्वदेश फर्केका परराष्ट्र मन्त्री साउद आज बंगलादेशको राजधानी ढाका जान लागेका हुन् ।
हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने’ मूल कार्यपत्रमा छलफल गर्न आयोजना गरिएको सम्मेलनमा सहभागी हुन मन्त्री साउद आज बिहान ११ बजे ढाका प्रस्थान गर्ने उनका स्वकीय सचिव दीपककुमार जोशीले जानकारी दिएका छन् ।
भारतीय विदेश मन्त्रालय, इण्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा हुने सम्मेलन दुई दिनसम्म चल्ने छ । उक्त अवसरमा परराष्ट्रमन्त्री साउदले भारतीय विदेशमन्त्री एस. जयशंकर र बंगलादेशी राष्ट्रपति शेख हसिनासँग भेटवार्ता गर्ने कार्यक्रम पनि जोशीले जानकारी दिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply