कैदीको पोसाकमा हतकडी लगाएर नेविसंघको प्रदर्शन
३१ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्न नेविसंघले दबाब सुरु गरेको छ ।
पार्टी पदाधिकारीले पूर्व गृहमन्त्री समेत रहेका केन्द्रीय सदस्यलाई निलम्बनका लागि दबाब दिँदा ‘पक्राउ पर्दैमा अपराधी भन्न नमिल्ने’ जवाफ दिएका देउवामाथि भातृ संगठनले दबाब सुरु गरेको हो ।
आइतबार नेविसंघ त्रिचन्द्र क्याम्पस एकाइले कैदीको पोसाकमा सडकमै प्रदर्शन गरेर नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविनका लागि सबै तह र तप्काबाट सहयोग गर्नुपर्ने धारणा राखेको हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन गरिएको करोडौँ ठगी प्रकरणमा पक्राउ परेका कांग्रेस केन्द्रीय समिति सदस्य बालकृष्ण खाणविरुद्ध नै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
नेविसंघ त्रिचन्द्रले सभापति देउवालाई तत्काल खाँणलाई पार्टीबाट निलम्बन गरी अनुसन्धानमा सहयोगका लागि पनि आग्रह गरेको हो । प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताले भ्रष्टाचार विरोधी प्लेकार्ड बोकेका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply