१ जेष्ठ २०८०, सोमबार ०९:२७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बयानपछि बालकृष्ण खाँणलाई टेकु लगियो
१ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सकिएको छ ।
आज (सोमबार) बयान सकिए लगत्तै उनलाई गाडीमा राखेर जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ । मिडियाको बाक्लो उपस्थिति भए पनि उनलाई कुनै प्रतिक्रिया दिन दिइएन । नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा अनुसन्धान गर्न खाँणलाई गएको वैशाख २७ गते प्रहरीले पक्राउ परेको थियो ।
आफू मन्त्री भएको समयमा भुटानी शरणार्थी प्रमाणीकरण तथा तेस्रो देशमा पुनःस्थापनाका लागि बनेको कार्यदलको सक्कली प्रतिवेदन गायब पारेको र नक्कली प्रतिवेदन कार्यान्वयन गर्दै त्यसबापत लाभ लिएको आरोप खाँणमाथि छ । बयानका क्रममा उनले आरोप स्वीकार गरे /गरेरनन् भन्ने केही बताइएको छैन ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply