रेशम चौधरीको मुद्दाको बहस सकियो, आजै फैसलाको सम्भावना
२ जेठ,काठमाडौं । रेशम चौधरीलगायत टीकापुर घटनासम्बन्धी मुद्दामा बहस सकिएको छ । सर्वोच्च अदालतमा तीन दिनदेखि जारी बहस आज (मंगलबार) सकिएको हो । उक्त मुद्दाको पैरवी सकिएको र आजै फैसला आउने सम्भावना रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा बहस सकिएको हो । इजलासले आजै फैसला सुनाउने तयारी गरेको छ । यसअघि सोमबार सो मुद्दामा बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । यो मुद्दामा वैशाख २५ गतेदेखि अन्तिम सुनुवाइ सुरू भएको थियो ।
सरकारले वैशाख २८ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीलाई छुटाउने गरी कानुन बनाउन केही नेपाल ऐन संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको थियो । मुद्दा २०७७ साल फागुन १२ गते सर्वोच्च अदालतमा दर्ता भएको थियो । ०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले टीकापुर घटनामा चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । थरुहटको आन्दोनका क्रममा ०७२ भदौ ७ गते भएको टीकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जना मारिएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply