घट्यो लामो दूरीको गाडी भाडा
३ जेठ,काठमाडौं । डिजेल र पेट्रोलको मूल्य घटेसँगै लामो दूरीका सवारीसाधनको भाडामा मूल्य समायोजन गरिएको छ ।
यातायात व्यवस्था विभागतका अनुसार जेठ २ मा डिजेलको मूल्य घटेपछि आजैदेखि लागु हुने गरी दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन गरिएको छ ।
यात्रुवाहक सवारीमा ३.२० प्रतिशतले घटेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.६५ प्रतिशतले भाडा घटेको छ । हालको भाडादर गत असारमा डिजेलको मूल्य १७२ हुँदा तोकिएको थियो । अहिले डिजेलको मूल्य १७ रुपैयाँ घटी १५५ रुपैयाँ कायम भएको छ ।
यातायात व्यवस्था विभागले पहाडी क्षेत्रमा मालबाहक सवारीसाधनको ४.१९ प्रतिशत र तराईको बाटोमा ४.६५ प्रतिशतले भाडा घटाएको छ । डिलक्स गाडीले भने तोकिएको भाडा दरभन्दा २० प्रतिशतसम्म बढी लिन पाउँछन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply