शरणार्थी प्रकरण : एकीकृत समाजवादीले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने
४ जेठ, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्नहरूलाई कडा सजायको माग गर्दै आज (बिहीबार) काठमाडौंमा सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले विरोध प्रदर्शन गर्ने भएको छ।
आयोजक एकीकृत समाजवादी, केन्द्रीय मोर्चा संगठन विभागका अनुुसार विरोध कार्यक्रम आज दिउँसो ३ बजे माइतीघर मण्डलामा आयोजना गरिनेछ।
कार्यक्रमलाई पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने आयोजकले जानकारी दिएको छ।
‘नक्कली भुटानी शरणार्थी काण्डका भ्रष्ट अपराधीहरूलाई कडाभन्दा कडा सजायको माग गर्दै विरोध प्रदर्शन’ गर्न लागिएको जनाइएको छ।
तर आज काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको तथा मौसमविद्ले दिउँसो अझ बढ्ने सम्भावना रहेको बताएकाले विरोध कार्यक्रम प्रभावित हुनसक्ने देखिन्छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको आरोपमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसमेत अहिलेसम्म १४ जना पक्राउ परिसकेका छन्।
उनीहरू अहिले काठमाडौं उपत्यकाकै विभिन्न प्रहरी कार्यालयका हिरासतमा छन्। बुधबार थप ३ दिनको अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply