५ जेष्ठ २०८०, शुक्रबार ०५:३०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
दाङमा दुई बस ठोक्किँदा एकजनाको मृत्यु, ११ यात्रु घाइते
५ जेठ, दाङ । दाङको फल्कापुरमा दुई वटा बस ठोक्किँदा एक जनाको ज्यान गएको छ । पूर्ब–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लमही नगरपालिका–३ फल्कापुर भन्ने स्थानमा दुई बस ठोक्किएका हुन् ।
लमहीबाट भालुबाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र बीरगञ्जबाट तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस ठोक्किंदा रोल्पा रुन्टिगढी–७ कि शोभा परियारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । उनी बीरगञ्जबाट तुलसीपुर आउँदै गरेको बसमा सवार थिइन् ।
दुर्घटनामा करिब दुई दर्जन बढी घाइते भएका छन् । तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि बुटवल, भैरहवा, नेपालगञ्जतर्फ रिफर गरिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply