नक्कली शरणार्थी प्रकरण राष्ट्रद्रोह हो : महासचिव पोखरेल
७ जेठ, दाङ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रद्रोह भएको बताएका छन् । प्रेस चौतारी दाङले आज (आइतबार) बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पोखरेलले यस घटनामा राजनीतिक संरक्षण गर्न नहुने बताए ।
नक्कली भुटानी शरणार्थी खडा गरेर रकम असुली गर्ने जस्तो अपराधका दोषीलाई कुनै पनि हालतमा छुट दिन नहुने उनले बताए । ‘यो राष्ट्रद्रोह हो । राज्यविरुद्धको अपराध हो । राज्यको महत्वपूर्ण पदमा बसेर नीतिगत अनियमितता गर्ने काम सामान्य घटना होइन ।
अडियो टेपलाई परीक्षण गरेर अनुसन्धानको दायरा फराकिलो बनाउनु पर्ने बताउँदै उनले कसैलाई पनि उन्मुक्ति दिन नहुने धारणा व्यक्त गरे । ‘अहिलेको जमानामा अडियो परीक्षण गर्न कुनै समस्या छैन । आर्थिक लेनदेनमा जोडिएका सबै घटनाको अनुसन्धान गरौं,’ उनले भने, प्रहरीलाई अनुसन्धानमा सबैले सहयोग गरौं । यसमा कसैले पनि राजनीतिक संरक्षण या प्रतिशोध नसाधौं ।
नक्कली भुटानी शरणार्थी बनाएर क–कसले कसरी रकम असुली गरे भन्ने कुरा स्पष्ट भइसकेको उल्लेख गर्दै पोखरेलले नाम जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्यानै पर्ने बताए । ‘अडियोलाई प्रमाण मान्न सकिन्न भन्ने कुराले अनुसन्धानमा कमजोरी हुँदैछ भन्ने देखाउँछ,उनले भने, ‘कुनै पनि पार्टीले आफ्नो नेतालाई बचाउन मिल्दैन । हामीले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गरेका छौं । अरु पार्टीले किन निलम्बन गर्ने आँट गरेका छैनन् ?
पोखरेलले सरकारको नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै समस्या एकातिर नीति तथा कार्यक्रम अर्कैतिर भएको बताए । ‘देश अहिले आर्थिक संकटमा छ । देशलाई कसरी आर्थिक संकटबाट माथि उठाउने भन्ने कुरा नीति तथा कार्यक्रममा छैन,’ उनले भने,‘वर्तमान समस्या सम्बोधन गर्ने खालका कुनै पनि नीति तथा कार्यक्रम देखिँदैनन् ।’ माओवादी नेता जनार्दन शर्माले अर्थमन्त्री हुँदा निश्चित व्यापारीसँग बसेर करका दर परिवर्तन गरेदेखि नै देशमा आर्थिक संकटको सुरुवात भएको र अहिले त्यसको प्रभाव देखिएको उनले बताए ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
Leave a Reply