सरकारले नगदेबालीलाई उधारोबाली बनाइदियो : अमरेश सिंह
७ जेठ, काठमाडौं । सांसद अमेरसशकुमार सिंहले उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । संसदको शून्य समयमा बोल्दै उनले अहिलेसम्म उनीहरुले उखुको भुक्तानी नपाएको भन्दै भुक्तानी दिन माग गरे ।
धान रोप्ने समय आउन लाग्दा समेत भुक्तानी नपाएको बताउँदै उनले भने, ‘पैसा नभएर कसरी धानबाली लगाउने ? कसरी मल किन्ने कसरी बिउ किन्ने ? त्यसकारण उखु किसानको समस्या तत्काल समाधान होस् । उखु नगदेबाली भए पनि सरकारले उधारो बाली बनाइदिएको उनको भनाइ छ ।
किसानलाई न समयमा मल दिने, न बिउ दिने न सिचाइको व्यवस्था गर्ने सरकारले उल्टै किसानले मिहिनेत गरेर उँखु उत्पादन गर्छ, त्यसलाई सरकारले उधारोमा लट्काइदिन्छ, उनले भने । यस्तै सांसद अनिता नेपालीले सरकरको निर्णय समेत विचौलियाले प्रभावित गरिदिएको भन्दै देशको सरकारले कसले चलाउँछ भन्दै प्रश्न गरेकी छन् ।
राप्रपा सांसद नेपालीले संसद्को शून्य समयमा सरकारले ०७१ सालदेखि चार पटक उखु किसानको भुक्तानी दिने निर्णय गरे पनि किसानको भने अनुदानको पैसासमेत विचौलियाले खाइदिएको बताइन् ।
यो देशको सरकार विचौलियाले चलाउँछ कि कसले चलाउँछ ? यदि विचौलियाले चलाउँदैनन् भने सरकारले उखु किसानका विषयमा गरेका निर्णय किन लागू हुँदैन ?, सांसद नेपालीले प्रशन गरिन्, ‘किसानका लागि सरकारबाट जाने अनुदान समेत विचौलियाले खाइदिएका छन् । के विचौलियासामु निरीह छ हाम्रो सरकार ?
उनले नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाट ०७१ साल यता चारपटक उखु् किसानलाई भुुक्तानी दिने निर्णय गरेर पनि अहिलेसम्म किसानले भुुक्तानी पाउन नसकेको बताइन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply