बागमतीमा ६ मन्त्री नियुक्त, ३ बजे शपथ
७ जेठ, हेटौडा । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज (आइतबार) ६ जना मन्त्री नियुक्त गरेका छन् । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले मागेअनुसार मन्त्रालयको संख्या उपलब्ध गराएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । जम्कट्टेलले आइतबार दिउँसो ३ बजे शपथ ग्रहण गराउने गरी मन्त्री र मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।
मुख्यमन्त्री जम्कटेलले कांग्रेसका एक बिना विभागीय मन्त्रीसहित तीन मन्त्रीलाई जिम्मेवारी दिएका छन् । उनले कांग्रेसका रामकृष्ण चित्रकारलाई बिनाविभागीय मन्त्री, उत्तम जोशी स्वास्थ्य मन्त्रालय, पुकार महर्जन पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र मसिना खड्का वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।
मुख्यमन्त्रीले एकीकृत समाजवादीका लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालय र राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघि कांग्रेसका बहादुर सिंह लामा तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । माओवादी केन्द्रबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कुमारी मुक्तान सामाजिक विकास मन्त्रालय र युवराज दुलाल, भौतिक पूर्वाधार विकासमन्त्री बनिसकेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply