शरणार्थी प्रकरण : १६ जनालाई थुनामा राख्न पुनः म्याद थपिंदै
९ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज (मंगलबार) पुनः म्याद थपिने भएको छ । मुद्दा दायर नहुँदासम्म उनीहरूलाई थुनामा राख्न अदालतबाट आज अनुमति लिइने भएको हो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठूलो रकम ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । यो प्रकरणका योजनाकार एवं बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ र सागर थुलुङलाई प्रहरीले गएको चैत १२ गते पक्राउ गरेको थियो । उनीहरूको बयान र प्रमाणका आधारमा प्रहरीले यस प्रकरणमा जोडिएका अरू व्यक्तिहरूलाई पक्राउ गरेको हो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन संगठित रूपमा सांसद, सरकारी कर्मचारी, बिचौलियालगायत गिरोहरूको समूहले करिब सात वर्ष अगाडिदेखि प्रक्रिया सुरु गरेको थियो । नेपाली नागरिकलाई विदेशी मुलुक (विशेष गरी अमेरिका) पठाउने आश्वासन दिएर रकम असुल गरिएको प्रमाणहरूबाट पुष्टि हुने उनको भनाइ छ । यसैबीच करिब दुई महिनाको अनुसन्धानपछि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सोमबार प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवदेन पेस गरेको हो ।
उक्त प्रतिवेदन अध्ययन गरेर सरकारी वकिलको कार्यालयले ढिलोमा आउँदो बिहीबारसम्म जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नुपर्छ । कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेसहितको आठ जनाको टोलीले अध्ययन तथा अभियोजनको प्रक्रिया अगाडि बढाउने छ ।
यो प्रकरणमा पक्राउ परेका १६ र फरार रहेका १६ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको राय रहेको छ । प्रहरीका अनुसार संगठित अपराधअन्तर्गत भएको ठगी र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको छ । यो प्रकरणमा थप प्रमाणहरू फेला परेमा प्रतिवादीको संख्या थपघट हुन सक्ने पनि जनाइएको छ । पक्राउ परेका १६ र फरार १६ जनाबाहेकविरुद्ध पनि प्रमाण भेटिएमा मुद्दा चलाउन मिल्ने गरी अभियोजन दर्ता गरिने प्रहरीको भनाइ छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply