सत्ता पक्ष आफ्नो कमजोरी लुकाउन तेजोबधतिर लाग्यो : सांसद बास्कोटा
९ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले सरकारले आउँदो आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम परिणाम नदिने खालको रहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै बास्कोटाले सुन्दा लोकप्रिय भए पनि परिणाम नआउने बताए ।
उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम कांग्रेसको आर्थिक नीति र माओवादीको कथित जनयुद्धको फ्युजनले कन्फ्युजनमा परेको खास प्रकारको, फरक क्षमता भएको व्यक्तिले हात्तीको काम छामेको जस्तो, मनचिन्ते झोली जस्तो, जे खोज्यो त्यही पाउने खासमा केही पनि नभेटिने, न मूर्त, अमूर्त नै अमूर्त भएको दस्ताबेज ल्याउनु भएको छ । अनि उल्टै अरूमाथि धारे हात लगाउनु पर्छ । नेतृत्वको जिम्मेवारी कसको ? सम्हालेर लैजाने जिम्मेवारी कसको ? अर्थतन्त्रमा देखिएका समस्याहरू, ब्याजदरमा देखिएका समस्याहरू, कृषिको उत्पादकत्व वृद्धिमा देखिएका समस्याहरू वितरण र व्यवस्थापनका क्षेत्रमा देखिएका समस्याहरू, शीत भण्डारमा देखिएका कुराहरूलाई संवोधन गर्न यहाँ कुनै कुरा छ र ?
सांसद बास्कोटाले उनले आफूले समातेको ताला चाबीको टुङ्गो नभएको तर अर्कोले के सल्लाह र सुझाव दियो भनेर झम्टिने काम भएको बताए । उनले बाबुराम भट्टराईदेखि प्रचण्डसम्म माओवादीको ४ पटक प्रधानमन्त्री बनेको भन्दै शान्तिप्रक्रिया टुङ्गोमा पुर्याउन कसले रोक्यो भन्दै प्रश्न गरे ।
सांसद गोकुल बास्कोटाले सत्तापक्ष आफ्नो कमजोरी लुकाउन प्रतिपक्षको तेजोवोध गर्न लागेको बताएका छन् । उनले सत्तापक्षका सांसद प्रतिपक्षको कुरा सुन्नेभन्दा प्रतिवाद गर्नतर्फ लागेको बताएका हुन् । उनले ओलीलाई देखाएर आफू उम्किन खोजेको धारणा राखे । ३१ महिना माओवादीले सरकारको नेतृत्व गरे पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन कसले रोक्यो भन्दै बास्कोटाले प्रश्न गरे । उनले भने, ‘यो प्रक्रिया समाधान गर्न कसले रोकेको हो ? यति गम्भीर विषयमा सल्लाह र सुझावको अपेक्षा नराख्ने तर खेदान सुरु गर्नु हुन्छ । हाम्रो सल्लाह सुझाव चाहिएको हो ।’
उनले कुनै पनि कुरा माग्न सांसद अनसन बस्न नपरोस् भन्ने आग्रह गरे । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर महिलालाई उम्मेदवार बनाउन नदिनेले महिला नेतृत्व स्थापना गर्ने कुन थेउरी ल्याउन खोजेको हो भन्दै सत्ता गठबन्धनले प्रश्न समेत गरे । उनले ३३ प्रतिशत महिलालाई डाइरेक्ट निर्वाचनमा लैजान संसदमा बहस र छलफल गर्नु आह्वान गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
Leave a Reply