काभा महिला भलिवल कप : बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइलमा
९ जेठ, काठमाडौं । समूह चरणको दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराउँदै नेपाल अन्तिम खेलअगावै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेञ्ज कप–२०२३ को सेमिफाइनल पुगेको छ । नेपालको यो जितले समूह ‘ए’ बाट भारतले पनि अन्तिम खेलअगावै सेमिफाइनलमा स्थान बनाएको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा तुलनात्मक रूपमा कमजोर मानिएको बंगलादेशले नेपालमाथि कुनै पनि सेटमा दबाब बनाउन सकेन । लठनेपालले बंगलादेशलाई पहिलो सेटमा २५–१० ले हराएको थियो । दोस्रो सेट २५–८ ले आफ्नो पक्षमा पारेको नेपालले अन्तिम सेट २५–९ ले जित्यो ।
समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने दुई टिमको टुङ्गो लागे पनि भोलि (बुधबार) हुने नेपाल र भारतबीचको खेलले मात्र समूह विजेता र उपविजेताको छिनोफानो हुने छ । नेपाल र भारतबीचको खेल भोलि दिउँसो ३ बजे हुनेछ । समूह चरणका दुई खेलमा जितविहीन बंगलादेश र कीर्गिस्तानको भने अन्तिम खेलअगावै सेमिफाइनल सम्भावना समाप्त भएको छ ।
आठ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, कीर्गिस्तान, भारत र बंगलादेश छन् । यस्तै, समूह ‘बी’ मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजखस्तान छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply