१२ जेष्ठ २०८०, शुक्रबार ००:२५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
मनाङमा करेन्ट लागेर युवकको मृत्यु
१२ जेठ,मनाङ । मनाङमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थायी घर भएका २७ वर्षीय योग छिरिङ तामाङ रहेका छन् ।
मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेमा रोकेर ट्याक्टरमा ढुङ्गा लोड गर्ने क्रममा हातले विद्युतको नाङ्गो तारमा छोइँदा करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई जिल्ला अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक पुष्कल कार्कीले जानकारी दिए ।
बाढीपहिरोका कारण लत्रिएको विद्युतको तारमा छोइँदा करेन्ट लागेको हो, करेन्ट लागेर गम्भीर घाइते भएका तामाङका आफन्तले स्वास्थ्य चौकीमा पुर्याएका रहेछन्, थप उपचारका लागि जिल्ला अस्पताल पुर्याउना साथ अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन्’, प्रहरी निरीक्षक कार्कीले भने ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply