अत्यधिक गर्मीका कारण मोरङ-सुनसरीका विद्यालय बन्द
१८ जेठ, विराटनगर । केही दिनयता अत्यधिक कर्मी बढेपछि विराटनगर र सुनसरीमा विद्यालयहरू बन्द गरिएका छन् । केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । बुधबार विराटनगरको तापक्रम ४१ डिग्री पुगेको थियो थियो ।
सुनसरी सदरमुकाम इनरुवासहित तीन स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।
इनरुवा नगरपालिकाले बिहीबारदेखि २४ गते बुधबारसम्मका बिदा दिएको मेयर केदार भण्डारीले बताए । गर्मीका कारण बालबालिकामा विभिन्न किसिमको समस्या हुनबाट जोगाउनका लागि वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको उनले बताए ।
त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाले समेत गर्मीका कारण विद्यालयमा बिदा दिएको गाउँपालिका प्रमुख अजमल अख्तर अजादले जानकारी दिए । त्यहाँ १८ गतेदेखि २३ गते मंगलबारसम्म बिदा दिइएको छ ।
इटहरी उपमहानगरले आज र भोलि बिदा दिने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले बताए ।
त्यस्तै विराटनगर उपमहानगरपालिकाकाले गर्मीले स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना बढेको भन्दै आज र भोलि महानगरपालिका क्षेत्रका सबै सार्वजनिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ । पूर्वनिर्धारित परीक्षा भने यथावत् रूपमा सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply