ताप्लेजुङमा बरिष्ठ प्रहरी हवल्दार मृत फेला
२१ जेठ, ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोक इलाका प्रहरी कार्यालयमा कार्यरत बरिष्ठ प्रहरी हवल्दार मृत फेला परेका छन् ।
सिदिङ्वा गाउँपालिका–६ मेहेलेस्थित निलगिरी माध्यमिक बिद्यालयको सर्बपक्षीय बैठकमा सहभागी भएर फर्कने क्रममा इलाका प्रहरी कार्यालय तेल्लोक भन्दा केहि तल बाघथला भन्ने स्थानमा त्रियुगा नगरपालिका–७ बस्ने बरिष्ठ प्रहरी हवल्दार ४१ बर्षिय दीपक शाह शंकर मृत भेटिएका हुन् ।
अघिल्लो दिन अबेरसम्म बैठक भएपछि त्यस दिन फर्कन नसकी भोलिपल्ट कार्यालयतर्फ आउने क्रममा बाघथला भन्ने स्थानमा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।
इप्रकामै कार्यरत एक प्रहरी कर्मचारीसँगै मेहेले पुगेर बाघथलाको पसलमा ‘म हिसाव मिलाएर आउँछु’ भन्दै पछि बसेका उनी लामो समयसम्म कार्यालयमा नआएपछि खोजी गर्ने क्रममा उनी मृत भेटिएको प्रहरीले बताएको छ । उनमा छारेरोगको समस्या रहेको उनका साथीभाइले बताउने गरेका थिए । शव पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाउने तयारी भइरहेको समेत प्रहरीले जानकारी दिए ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply