पुराना दल र नेताविरुद्ध अभियान चलाउन खोजियो : अध्यक्ष ओली
२७ जेठ ,काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक देश र जनताका पक्षमा संघर्ष र त्याग गरेका पुराना राजनीतिक दलविरुद्ध अभियान चलाउन खोजिएको बताका छन् ।
काठमाडौंमा आज (शनिबार) नेपाल निजामती कर्माचारी संगठनले आयोजना गरेको दोस्रो राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दै अध्यक्ष ओलीले पुराना राजनीतिक दलहरूले गरेको संघर्ष र योगदानलाई कम आँकेर त्यसले ल्याएको परिवर्तित अवस्थामा अभियान चलाइएको बताए । विगतका शासनमा बोल्न पनि नपाइने अवस्थालाई संघर्षबाट अहिलेको स्वतन्त्र अवस्थामा ल्याइएको फाइदा उठाउँदै त्यहि पुरानो दल र नेताविरुद्ध अभियान चलाइएको ओलीले बताए ।
‘दृढ र अनवरत संघर्ष स्वरुप आजको अवस्थामा आइपुगेका हौं । त्यो उनीहरूले बुझ्न सकेका छैनन् । सानो बलिदानबाट हामी आइपुगेका छैनौं,’ उनले थपे, ‘यो त्यत्तिकै आएको होइन । असभ्य, अमर्यादित तरिकाको बाढी बगाउन खोजिएको छ । जुन कुराको गन्तव्य हुँदैन ।’ उनले प्रश्न गरे, ‘हामी इतिहासलाई सम्मान गर्छौं, गर्व गर्छौं भन्छौं, त्यो भनेको के ?
अध्यक्ष ओलीले अघिल्लो साता मात्रै भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १५ वटा राँगामा नेपालका महत्वपूर्ण दुईटा नदी बेचेको आरोप लगाए । अध्यक्ष ओलीले भारत भ्रमणका क्रममा वर्तमान सरकारले नेपालको भूमिबारे चुँइक्क पनि बोल्न नसकेको आरोप लगाए ।
१५ वटा राँगा ल्याने बाहेक भारत भ्रमणमा के गरेर आउनु भयो त ? दुई वटा नदी तल्लो अरुण भनेर कौडीको मोलमा दिनु भएको छ । जमाइएको पानी हाम्रो हो,’ ओलीले भने, ‘त्यसबाट निस्किएको पानी हाम्रो अधिकारको कुरा हो । त्यत्रो बाँध बाँधेर बनाएको आयोजनाबाट २१ प्रतिशत बिजुली लिएका छौं, भने तल्लो सित्तैमा पाएको पानीमा पनि २१ प्रतिशत पाएका छौं ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply