बालकृष्ण खाँणको प्रतिरक्षामा थुनछेक बहस सुरु
३० जेठ,काठमाडौं । काठमाडौँ जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादी बालकृष्ण खाँणको प्रतिरक्षामा थुनछेक बहस सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा खाँणका वकिल पंकज कर्णले बहस थालेका हुन् ।
तत्कालीन गृहमन्त्री समेत रहेका खाँणले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने नाममा एक करोड २४ लाख नगद बुझेको आरोप छ । खाँणले भुटानी शरणार्थी समस्या स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलले तयार पारेको प्रतिवादेनलाई पुनः मन्त्रिपरिषदमा प्रस्ताव नै नगरी पीडितहरूलाई विश्वासमा पार्न छुट्टै समिति बनाएको अभियोग छ ।
मन्त्री खाँणले सचिवस्तरीय निर्णयबाट जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति बनाई छुट भएका शरणार्थीको विवरण पुनः भराई पेस गर्ने समेतको कार्यदेश दिएको खुलेको हो ।
अभियोग पत्रमा केशवप्रसाद दुलालले खाँणलाई एक करोड २४ लाख ५० हजार रुपैयाँ नगदै बुझेको र त्यसपछि लगत्तै कार्यदेश समेत थप गरी समितिको म्याद थप गरेको उल्लेख छ ।
त्यस्तै दुलालले रकम दिने, गिफ्ट दिने, भेट्ने लगायतका संवादहरूबाट खाँण समेत आपराधिक समूहमा संलग्नता रहेको पुष्टि भएको उल्लेख छ । पक्राउ पर्नुभन्दा अघि खाँणले आफ्नो निजी मोबाइल विवरणहरू मेटाउने उद्देश्यले नै फ्याक्ट्री रिसेट गरेको ठहर गरिएको छ ।
यता तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पक्राउ परेपछि हिरासतबाटै खाँणलाई कसुरबाट जोगाउनका लागि प्रधानमन्त्री समेतलाई भनेर आफू उपरको अनुसन्धान प्रक्रिया अगाडि नबढाउन दबाब दिनुपर्ने तथा केशवप्रसाद दुलाल र सानु भण्डारीले दिएको रकम फिर्ता गरी आफ्नो नाम नलिने गरी इन्कारी बयान गर्न लगाउनु भन्ने लिखित सूचनाहरू दिएका थिए ।
सो लिखित सूचना खाँण र निजी स्वकीय सचिव नरेन्द्र केसीको साथबाट बरामद भएको थियो । उक्त लिखित सूचना परीक्षणका लागि पठाउँदा पाण्डेले नै लेखेको पुष्टि भएको अभियोग पत्रमा उल्लेख छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply