अरुण नदीले ड्याम कटान गरेपछि तटीय क्षेत्रमा जोखिम, सतर्क रहन आग्रह
३२ जेठ,संखुवासभा । संखुवासभामा निर्माणाधीन नौं सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अस्थायी ड्याममा अरुण नदीले कटान गर्न थालेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ ।
गत वैशाख १७ गते पहिरो खसेर अरुण तेस्रोको डाइभर्सन टनेल थुनिएको थियो । डाइभर्सन टनेल थुनिएपछि बनेको अरुण नदीको अस्थायी तालको पानीले ड्यामको नयाँ बस्तीको पहाड कटान गरेपछि तटीय क्षेत्रमा जोखिम बढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।
माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको कारण अरुण नदीमा पानीको सतह बढेपछि अस्थायी बाँधको नयाँ बस्तीतिर कटान गरेर अरुण बग्न थालेपछि नदी किनार आसपासका बस्तीमा जोखिम बढेको हो । उक्त बाँध अरुण नदीले आफै कटान गरेर खोल्न थालेपछि नदी किनार आसपासका बस्तीमा जोखिम बढेका कारण सर्तक रहन सुरक्षा निकायमार्फत जानकारी गराइएको उनको भनाइ छ ।
अरुण नदीले अस्थायी बाँधको कटान गरेर बग्न थालेपछि तटीय क्षेत्रमा जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालयले सर्तक रहन आग्रह गरेको हो । अरुण नदी थुनिएपछि २६ मिटर अग्लो बाँधमा पानी भरिएको थियो । २६ मिटर अग्लो बाँधमा पानी जमेपछि करिब तीन किलोमिटरसम्म ताल बनेको छ । अरुण नदीलाई बहाव परिवर्तन गरी चार सय २९ मिटर लामो डाइर्भसन टनेलमार्फत अरुण नदी मोडिएको थियो । आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निर्माण गरी डाइभर्सन टनेलमार्फत नदी बग्दै आएको थियो । जिल्ला प्रहरी कार्यालयले अरुण नदीको तटीय क्षेत्रका बासिन्दालाई सजग हुन आग्रह समेत गरेको छ । रासस
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply