प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरुले प्रश्न सोध्ने क्रम सुरु
१ असार,काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रश्नोत्तर जारी छ । समितिमा कार्कीविरुद्ध परेका उजुरी र उनले बिहीबारको बैठकमा पेस गरेको कार्ययोजनाका विषयमा प्रश्न सोध्ने क्रम चलिरहेको छ ।
प्रश्न सोध्ने क्रम सकिएपछि कार्कीले जवाफ दिनेछन् । संसदीय समितिले उनको नाम अनुमोदन गरे हाल कायम मुकायम प्रधानन्यायाधीश रहेका कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन् । संवैधानिक परिषदबाट भएको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ । कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले सिफारिस गरेको थियो ।
सदस्यहरुले कार्कीविरुद्ध परेका उजुरीका साथै न्यायपालिकाप्रति आम नागरिकको विश्वास टुट्दै जानुको कारण, तत्काल फैसला हुनुपर्ने विषयमा पनि ढिलो फैसला हुने गरेको, गरिबले मुद्दा लड्न नसक्ने अवस्था समाधानको उपायलगायतका विषयमा प्रश्न सोधिरहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply