बाढीपहिरोबाट भएको क्षतिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण
४ असार, काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्धार र पीडितहरूलाई राहत वितरणका निम्ति राज्यका सबै संयन्त्र परिचालन गरिने बताएका छन्।
सोमबार बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिहरूको टोलीसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले प्राकृतिक प्रकोपको खतरा अहिले पनि रहेकाले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिने बताए।
भेटमा ताप्लेजुङ र पाँचथरका राजनीतिक दलका नेता र जनप्रतिनिधिहरूले ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन, सडक र पुल भत्किएका ठाउँमा तत्काल वैकल्पिक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।
भेटमा प्रधानमन्त्रीले क्षतिको सम्पूर्ण विवरणबारे आफू जानकार रहेको र खोजी, उद्धार र राहतका लागि सम्पूर्ण राज्य-संयन्त्र परिचालन गर्न पहल भइरहेको जानकारी दिँदै सडक टुटेका स्थानमा युद्धस्तरमा बेलिब्रिज व्यवस्था गर्न निर्देशन दिइसकेको बताए।
तत्काल पहलकदमी लिन गृह, रक्षा र भौतिक मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिँदै प्रधानमन्त्रीले खाद्यान्न, आवास र स्वास्थ्यसम्बन्धी आवश्यक सामग्री तत्काल पठाइने बताए।
भेटमा पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई, पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, सांसद लिला बखिन, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्रीलगायत नेता एवं जनप्रतिनिधि सहभागी थिए।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply