वेस्टइन्डिजविरुद्ध नेपालले पहिले बलिङ गर्दै
७ असार, काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले (बिहीबार) विश्वकप विजेता वेस्टइन्डिजसँग प्रतिस्पर्धा गर्दै छ।
जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा हुन लागेको खेलमा नेपाल टस जित्दै पहिले बलिङमा जाने निर्णय गरेको छ।
छनोटअन्तर्गतको पहिलो खेलमा नेपालले जिम्माब्वेविरुद्ध पहिले ब्याटिङ गरेको थियो। त्यस खेलमा नेपालको बलिङ चल्न नसक्दा हार्न पुगेको थियव।
चारपटकको विश्वकप विजेता वेस्टइन्डिजसँगको खेल नेपाली समयानुसार दिउँसो पौने १ बजे जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा हुँदैछ।
ओडीआई वरीयतामा वेस्टइन्डिज १०औं र नेपाल १४औं स्थानमा छन्। आजको खेलमा नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन्। वेस्टइन्डिजको कमानी शाई होपले सम्हाल्नेछन्।
नेपालले ओडीआईमा आइतबार पहिलोपटक टेस्ट टोली जिम्बाब्वेसँग खेलेको थियो। जुन खेलमा नेपाल ८ विकेटले हार्यो। अमेरिकासँगको खेलमा भने नेपाल ६ विकेटले विजयी भयो।
एक खेलमा जित र एक खेलमा हार भोगेको नेपाल २ अंकमा समूह एको तेस्रो स्थानमा छ। लगातार दुई खेल जितेको जिम्बाब्वे ४ अंकमा शीर्ष र एक खेलमा जित हासिल गरेको वेस्टइन्डिज दोस्रो स्थानमा छन्।
विश्वकप छनोटमा नेपाल घरेलु टोली जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेको समूह ए मा छ।
समूह बी मा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र यूएइ छन्।
नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आशिफ शेख (विकेट किपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), आरिफ शेख, गुलसन झा, दिपेन्द्रसिंह ऐरि, भिम सार्की, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply