नेदरल्याण्ड्ससँग हारेपछि विश्वकप छनोटबाट बाहिरियो नेपाल
९ असार, काठमाडाैं आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्डस्सँग पराजित भएको छ । यो हारसँगै नेपाल सुपर सिक्समा पुग्ने सम्भावना टुङ्गिएको छ । जिम्बावेको हरारेमा शनिबार भएको निर्णायक खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि नेपालको विश्वकप यात्रा अधुरै भएको छ ।
जिम्बावेको हरारेस्थित ताकासिङगा स्पोर्ट क्लबको मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल नेदरल्यान्डस्सँग सात विकेटले पराजित भएको हो । जितसँगै नेदरल्यान्डस् भने सुपर सिक्समा प्रवेश गरेको छ ।
आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको शनिबार जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई जित्नै पर्ने दबाब थियो । नेपाली ब्याट्सम्यानहरुले निराशाजनक प्रदर्शन गरे । नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । नेदरल्यान्ड्सको बलिङ सामु कुनै पनि नेपाली ब्याटर निरिह भए । ४४।३ ओभरमा अलआउट हुन पुगे । नेपालको लागि आजको खेल बिर्सनलायक भयो । नेपालले प्रस्तुत गरेको १ सय ६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २८ ओभरमा ३ विकेट क्षतिमा पूरा गर्यो ।
त्यस्तै यस खेलसँगै समूह ‘ए’ बाट सुपर सिक्समा पुग्ने टोलीको टुङ्गोसमेत लागेको छ । समूह ‘ए’ मा रहेको नेपाल र अमेरिका प्रतियोगिताबाट बाहिरिएका छन् भने नेदरल्यान्डस्, जिम्बावे र वेस्टइन्डिज प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेका छन् ।
नेदरल्यान्डस्को जितमा म्याक्स ओडाउडले ७५ बलमा आठ चौका र छ छक्कासहित ९० रन बनाए । त्यस्तै साव डि लिडेले ४१ रन र विक्रमजित सिंहले ३० रन बनाए । नेपालका सन्दीप लामिछानेले दुई विकेट र गुल्सन झाले एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ३३, कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७–२७, भीम सार्कीले २२, गुल्सन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रन बनाए ।
काठमाडौं नेदरल्यान्डस्का लागि लागन भान विकले चार विकेट लिए भने विक्रमजित सिंह र बास डि लिडेले समान दुईरदुई विकेट हात पारे । त्यस्तै क्लेटन फ्लोयड र आर्यन दत्तले समान एक–एक विकेट लिए ।
नेपाल यसअघि जिम्बावेसँग आठ विकेट र वेस्टइन्डिजसँग एक सय एक रनको फराकिलो अन्तरले पराजित भएको थियो । त्यस्तै नेपालले अमेरिकालाई भने ६ विकेटले पराजित गरेको थियो ।
यसअघि जिम्बावेसँग छ विकेटले पराजित नेदल्यान्डस्ले अमेरिकालाई पाँच विकेटले हराएको थियो । समूह चरणको आफ्नो अन्तिम खेल सोमबार नेदरल्यान्डस्ले वेस्टइन्डिजसँग खेल्नेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply