संसदमा आफ्नो फोटो नराखेको भन्दै उपसभामुख रानाको असन्तुष्टि
१६ असार, काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसदमा आफ्नो फोटो नराखेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । ६५औं संसद् दिवसको अवसरमा आज शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनधद्दले संसदमा सभामुखको मात्रै फोटो राखेकोप्रति असन्तुष्टि जनाएकी हुन् ।
केही समयअघि सिङ्गापुरको संसद्को भ्रमण गर्दा विगतदेखि वर्तमानसम्मका सभामुखको फोटो राखेको देखेको बताउँदै उनले नेपालमा भने त्यस्तो हुन नसकेको बताइन् । उनले संसदमा उपभासमुखप्रति हेपाहा प्रवृत्ति देखाएको आरोप लगाइन् ।
उनले भनिन्, केही समयअघि म सिङ्गापुर गएको थिएँ । डब्ल्युटीओको कन्फ्रेन्समा । त्यहाँ संसद् भ्रमण गर्ने मौका पाएको थिएँ । त्यहाँ पहिलाका सभामुखले कस्तो टोपी लगाउनु हुन्थ्यो, कस्तो लुगा लगाउनु हुन्थ्यो ? अहिलेका सभामुखले कस्तो लगाउनु हुन्छ ? त्यो विकास क्रमअनुसार राखिएको छ, अभिलेखका रुपमा । हामीमा खै त त्यस्तो ? भित्र पस्ने बित्तिकै सभामुखको फोटो राखिएको छ । हाम्रो त छैन । उपसभामुखलाई वायस गरेको जस्तो लाग्छ । यो कुरा मनन गर्नुपर्छ । उपसभामुख रानाले हरेक क्षेत्रमा सुशासन र पारदर्शिता हुन जरुरी रहेको बताएकी छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply