नवलपरासी पूर्वमा करेन्ट लागेर एक जनाको मृत्यु
१८ असार, नवलपरासी । भुईंमा लत्रेको बिजुलीको तारले करेन्ट लाग्दा नवलपरासी पूर्वमा एक जनाको ज्यान गएको छ । मध्यविन्दु नगरपालिकामा आइतबार साँझ गोठालो गएर फर्किने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गोठालो गएर फर्किंदै गरेका स्थानीय ७४ बर्षीय मनवीर सोमैको आइतबार साँझ बिजुलीको तारमा परेर मृत्यु भएको हो । मध्यविन्दु नगरपालिकाको वडा नम्बर १३ र १४ को सीमानामा पर्ने गोरेभन्ज्याङमा भुईंमा लत्रिएको तारमा परेका सोमैको घटनास्थामै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
नेपाल विद्युत् प्राधिकरण कावासोतीका प्रमुख अमितकुमार कर्णले भित्री बाटोमा तार चुँडेका कारण दुर्घटना भएको दाबी गरे । ‘त्यति मान्छे नहिँड्ने भित्री बाटोमा तार चुँडेको थियो । आइतबार नै त्यहाँ करेन्ट छोडिएको थियो । त्यतिबेलै करेन्ट प्रवाह भएको तार चुँडेको रहेछ कसैले जानकारी गराएनन्,’ उनले भने । प्राधिकरणको नियमअनुसार करेन्ट लागेर ज्यान गुमाएका व्यक्तिको परिवारलाई ५ लाख क्षतिपूर्ति दिइने पनि उनले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply