मलेसियालाई हराउँदै एसीसी यू–१६ क्रिकेटमा नेपालको ‘ह्याट्रिक’
१९ असार, काठमाडौँ । नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । आज (मंगलबार) फाइनल खेलमा घरेलु टोली मलेसियालाई २२१ रनले हराउँदै नेपालले पहिलो पटक यस नामले आयोजित प्रतियोगिता जितेको हो ।
नेपालले यसअघि एसीसी यू–१६ इस्टर्न रिजनको नामले २०१७ र २०१९ मा आयोजित प्रतियोगिता जितेको थियो । त्यस हिसाबमा मलेसियामा यस पटक पाएको सफलताले नेपालले एसियाली क्रिकेट परिषद् (एसीसी) को यू–१६ क्रिकेटमा ह्याट्रिक गरेको हो ।
२५३ रनको विशाल लक्ष्य लिएर आएको मलेसिया १४.५ ओभरमा ३१ रनमै अलआउट भयो । कप्तान अभिषेक तिवारीले ६ ओभरमा १ मेडन राख्दै ७ रनमात्र खर्चेर ६ विकेट लिए ।
सन्तोष यादवले ३ ओभरमा २ मेडन राख्दै ९ रन खर्चेर ३ तथा सागर गैरे र अशोक धामीले १ विकेट लिए । मलेसियाबाट मोहम्मद अक्रम (१०) ले बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । यसअघि नरेन भट्टले शानदार शतक बनाएपछि नेपालल फाइनलमा मलेसियाविरुद्ध मजबुत स्कोर बनाएको थियो । नरेनले ८२ बलमै १ सय रन पूरा गरेपछि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ८ विकेट गुमाई २५२ रन बनाएको थियो ।
नरेन ११२ रन बनाई अविजित रहे । उनले ८९ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । नरेन र सन्तोष यादवले पाँचौं विकेटमा शतकीय साझेदारी गरेपछि नेपाल विशाल स्कोर बनाउन सफल भयो । सन्तोष २६ रनमा आउट भएपछि १ सय ४ रनको यो साझेदारि टुटेको थियो । उनले २९ बल खेल्दै २ चौका प्रहार गरे ।
नेपालले समूह चरणमै पनि मलेसियालाई ८४ रनले पराजित गरेको थियो । तल्लोक्रममा अशोक धामीले ३६ बल खेली ३ चौका र ५ छक्का प्रहार गरेपछि नेपाल ३३.४ ओभरमा १८३ रनमा अलआउट भएको थियो । जबाफमा आएको मलेसियालाई नेपालले ३०.५ ओभरमा ९९ रनमा अलआउट गरेको गरेको थियो ।
बायुमास ओभल मैदानमा नेपालीले यही उच्च प्रदर्शनलाई निरन्तरता दिएको थियो । यसअघि निरज यादव र सूर्यांशु कोइरालाले पुनः एकपटक नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । यी दुईले आठौं ओभरमा ४१ रन जोडेका थिए । सूर्यांशु दुइ चौका प्रहार गरि २३ बलमा १८ रन बनाई आउट भए । नरेनसँग दोस्रो विकेटमा ५५ रन जोडेका निरज अर्धशतक बनाउन चुके । निरजले ४९ बल खेली ६ चौकासहित ४७ रन बनाए ।
दीप भुजेल ५ र प्रतीक भट्टराई १ रनमा रनआउट भएपछि नेपाल केही समय दबाबमा परेको थियो । यहीँबाट नरेन र सन्तोषले नेपाली इनिङ्स उकासेका थिए । आफुले सामना गरेको पहिलो बलमै चौका प्रहार गरेका अविषेक तिवारी अर्को बलमा बोल्ड भए । अशोक धामी एक छक्का प्रहार गर्दै ७ बलमा ११ रन बनाई आउट भए । आशिष लोहार २ रनमा बोल्ड भए । प्रतियोगितामा नेपालले समूह चरणमा मलेसियासहित थाइल्यान्डलाई र सेमिफाइनलमा सिंगापुरलाई पराजित गरेको थियो ।
सम्बन्धित
Memory king
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply