मीनबहादुर गुरुङसहित नौं जनालाई सात दिन थुनामा राख्न अनुमति
१९ असार,काठमाडौं । ललितानिवास जग्गा हिनामिना मुद्दामा पक्राउ परेका नौं जनालाई सात दिन थुनामा राख्न म्याद थप गरिएको छ ।
संगठित अपराधमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले नौं आरोपितलाई सात दिन थुनामा राख्ने अनुमति दिएको हो ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सोमबार नेपाल समरजंग कम्पनीका पूर्व अधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
यस्तै सिआइबीले आइतबार पनि काठमाडौं महानगरपालिका–४ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालय डिल्लीबजारका तत्कालीन नापी सर्वेक्षक धमानकुमार कार्की र नक्कली मोही बाबुराज महर्जनलाई पक्राउ गरेको थियो ।
केही दिनअघि भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्की पनि पक्राउ परेका छन् । घटनामा संलग्नविरुद्ध प्रहरीले सरकारी छाप कीर्ते र संगठित अपराधअन्तर्गत मुद्दा चलाउने तयारी गरिरहेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply