कोशी सरकार गठन गर्ने आज अन्तिम दिन
२१ असार, विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज अपराह्न ५ बजे सकिँदै छ।
विश्वासको मत पाउन नसकी एमाले नेतृत्वको सरकार यही असार १५ गते ढलेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले १७ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि आज (असार २१ गते) अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आहृवान गरेका थिए।
उक्त समयभित्र गठबन्धनका तर्फबाट नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी पेस गर्ने तयारी गरेका छन्। उनले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थनमा सरकार नेतृत्वको दाबी पेस गर्न लागेका हुन्।
९३ सदस्य रहेको कोशी प्रदेशसभामा बहुमत पुर्याउन ४७ मत चाहिन्छ। तर गठबन्धनमा रहेका चार दलको बहुमत सभामुखसमेत जोड्दा मात्रै पुग्छ। प्रदेशसभामा कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्। यी सबै जोड्दा ४७ नै पुग्छ। तर मुख्यमन्त्रीमा नियुक्त भइसकेपछि विश्वासको मत पाए मात्र सरकार टिक्नेछ। अन्यथा संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलका नेताको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ।
विश्वासको मत विभाजन गरिँदा दुवैतर्फ बराबरी संख्या भएको अवस्थामा मात्रै सभामुखले निर्णायक मत दिन पाउने प्रावधान छ। यस अवस्थामा ६ सांसद रहेको राप्रपाले सघाएको खण्डमा मात्र गठबन्धनको सरकार टिक्ने निश्चित देखिन्छ। त्यसो त राप्रपाले यसअघि सरकारविहीनताको अवस्था रहन नदिने बताएको थियो। तर उसले अहिलेसम्म निर्णय गरिसकेको छैन।
आफ्नो पार्टी एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाको १ जना गरी ६० सांसदको समर्थनमा २०७९ पुस २४ गते हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए। तर माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि उनी नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि उनले असार १५ गते प्रदेशसभामा विश्वासको मत लिएका थिए। तर बहुमत नपुगेपछि एमाले नेतृत्वको सरकार ढलेको थियो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply