एलओडीका सञ्चालक सुवाल पक्राउ
२१ असार, काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालक (साहु) राजुसिंह सुवाललाई काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको छ ।
ललितपुर जिल्ला अदालतले एलओडीका साहुहरु सुवालसँगै रुदिलबल्लव श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही पक्राउ पुर्जीको आधारमा सुवाललाई काठमाडौं प्रहरीले बालुवाटारबाट पक्राउ गरेको हो । ललितपुर प्रहरी परिसर स्रोतका अनुसार केही दिनअघि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । कम्पनी रजिष्ट्रार कार्यालयमा रहेको कम्पनीको प्रबन्ध पत्रमा रुदिलवल्लव र राजुसिंहमात्र सञ्चालक देखिन्छ । त्यसैले उनीहरुविरुद्ध पक्राउ पुर्जी लिइएको थियो ।
एलओडीमा छिरेकी एक १५ वर्षीया बालिका गत जेठ ३१ गते सानेपामा बलात्कृत भएको पाइएपछि प्रहरीले एलओडीका सञ्चालकलाई पनि कारबाहीको दायरामा ल्याएको हो । नेपालको कानुनले वयस्कका लागि खुलेका डिस्को, क्लबलगायतका मनोरञ्जनस्थलमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई प्रवेश गराउने वा काममा लगाउने दुवै कार्य दण्डनीय मानेको छ ।
काठमाडौं कोटेश्वर बस्दै आएकी १५ वर्षीया बालिकालाई एलओडी क्लबबाट ललितपुरको बागडोल पु¥याएर बलात्कार गरेको आरोपमा पोखरा घर भई हाल ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइराला पक्राउ परेका छन् ।
ललितपुर प्रहरीका प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार सुदनले १५ वर्षीया बालिकालाई ३१ जेठमा एलओडी क्लबबाट आफ्नै गाडीमा राखेर बागडोल पुर्याएर बलात्कार गरेको आरोप छ । बागडोलमा कोइरालाको अफिस थियो । सोही कार्यालयमा लगेर उनले बालिकालाई बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको शाहले बताए । यसअघि १५ वैशाखमा दुई जना महिला पनि बलात्कृत भएका थिए । क्लबको सरसफाइको काम गर्ने दुई महिलालाई बिहान एक होटलमा लगेर बलात्कार गरेको खुलेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply