आइतबार १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित
२२ असार, काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । दिउँसो ३ बजे बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको हो ।
सभामुख देवराज घिमिरेले बैठक सहज रुपमा सञ्चालनका लागि विभिन्न दलका प्रमुख सचेतकहरुसहितको छलफलमा एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न नदिने अडान लिएपछि बैठक अघि नबढाएका हुन् ।
सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले भने,सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला । संसद अवरुद्ध हुँदा विधेयक ९खासगरी मिटरब्याज सम्बन्धी० निष्क्रिय हुनु राम्रो होइन । तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि सहजीकरण गर्न म तयार छु । पर्सीसम्म सहमति गर्नुहोला । आजको बैठक सूचना टाँसेर स्थगित गरौं ।
असार १८ गते भारतीय मूलका नेपाली व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेको कुरालाई लिएर एमालेले राजीनामा माग गर्दै संसदमा अवरोध गर्दै आइरहेको छ । संसद्को अवरोध हटाउन सभामुख घिमिरेले शुक्रबार विभिन्न चरणमा छलफल गरेपनि एमाले सहमत नभएपछि बैठक स्थगित भएको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply