कोशीमा माओवादीका जीवन आचार्य मन्त्री बन्दै, आजै शपथ
२४ असार,मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । माओवादी केन्द्रले मन्त्रीको नाम पठाएपछि मुख्यमन्त्री थापाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
आज नेकपा माओवादीबाट जीवन आचार्य मन्त्री बन्ने भएका छन् । बिहान ९ बजेपछि उनको शपथ हुने जनाइएको छ । उनी आर्थिक मामिलामन्त्री बन्ने छन् । आचार्य यसअघि पर्यटनमन्त्री थिए । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाइँ हुन् ।
शुक्रबार गठन भएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका थिए । कोशी सरकार गठनमा सभामुखले पनि हस्ताक्षर गरेपछि विपक्षी दलहरूले सर्वोच्चमा रिट दिएका छन् ।
उक्त रिटको सुनुवाइ आज हुँदैछ । रिटमा सरकार गठन गर्दा संविधान मिचिएको भन्दै एमालेले सरकार गठन रद्द गरी आफ्नो नेतृत्वमा सरकार बनाउन परमादेश दिन माग गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply