गायक–अभिनेता रविन तामाङलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली
२४ असार, । दिवंगत रक गायक तथा अभिनेता रविन तामाङलाई राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल संगीत तथा नाट्य एकेडेमीमा तामाङलाई मन्त्री, नेता, कलाकर्मीहरुलगायतले अन्तिम श्रद्धाञ्जली दिएका हुन् ।
तामाङको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाएका थिए । यस्तै, सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कांग्रेस महामन्त्री गगन थापालगायतले पनि तामाङलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
गायक तामाङको सम्मानमा उनका दुई चर्चित गीतहरु केटाकेटी र गुलाबको गाएर ट्रिब्यूट गरिएको थियो । श्रद्धाञ्जली दिन फ्यान र कलाकर्मी बिहानैदेखि नक्सालस्थित एकेडेमीको परिसरमा पुगेका थिए । रविन तामाङको पार्थिव शरीरलाई आजै शोभा भगवतीमा अन्तिम संस्कार गर्ने तयारी छ ।
तामाङ गत मंगलबार बुढानिलकण्ठस्थित आफ्नै निवासमा मृत भेटिएका थिए । नेपाली रक ब्याण्ड ‘रबिन एन्ड दी रिभोलुसन’ का गायक तथा संगीतकार तामाङले गायन क्षेत्रलाई अमूल्य गुन लगाएका छन् । रबिन गायक मात्र थिएनन् अब्बल प्रस्तोता पनि थिए । उनले चलचित्रहरुमा पनि अभिनय गरेका छन् ।
उनका समकालीन सुगम संगीतमा रमाइरहेका बेला रबिन रक संगीतमा संघर्ष गरिरहेका थिए । उनको गीतसँगै चालीसको दशकको युवा पुस्ता हुर्कियो । पचासको दशकका तन्नेरीहरु टिटार समाउने भए र नेपाली रक संगीत स्थापित भयो । विदेशमा जन्मिएर हुर्किएका रबिनको व्यक्तित्व र शैली धेरैले नक्कल गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply