मिटरव्याजविरूद्धको कानून पारित गर्न माग गर्दै संसद भवन घेराउ
२४ असार, काठमाडौं । मिटरव्याजविरूद्धको कानून पारित गर्न माग गर्दै संघीय संसद भवन घेराउ गरिएको छ । काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवन अगाडि आइतबार मिटरव्याजपीडितहरूले मिटरव्याजविरूद्ध कानून छिटो पारित गर्न माग गर्दै घेराउ गरेका हुन् ।
सरकारले मिटरव्याजविरूद्ध अध्यादेश ल्याए पनि संसदको दुवै सदनबाट प्रतिस्थापन विधेयक ६० दिनभित्र पारित नहुँदा निष्क्रिय भएको थियो । सरकारले मिटरव्याजविरूद्ध नयाँ विधेयक संसदमा अघि बढाउने तयारी गरिरहेको छ । पछिल्लो समय मिटरब्याज पीडितविरुद्धको कानुन पारित गराउने तयारी भइरहेका बेला पीडितहरूले दबाब सिर्जना गरेका हुन् ।
तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको संसद अवरोधका कारण कानुन पारित हुन सकेको छैन । लगातार तीन दिन बैठक अवरुद्ध गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अभिव्यक्तिबारे संसदमा जवाफ दिने सहमति बनेको छ । शीर्ष नेताहरू संसद खुलाउने छलफल गरिरहँदा पीडितहरूले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरस्थित संसद भवनसम्म प्रदर्शन गर्दै पुगेका हुन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply