ललिता निवास प्रकरण : समर्जङ कम्पनीका प्रमुखसहित थप दुई जना पक्राउ
२४ असार, काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्व नापी अधिकृत ध्रुव अर्याल र समर्जङ कम्पनीका प्रमुख लोकहरि घिमिरे पक्राउ परेका छन् ।
सरकारी जग्गा हिनामिना गरिएको आरोपमा उनीहरु आइतबार काठमाडौँबाट पक्राउ गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । प्रहरीले यस प्रकरणमा पछिल्लो पटक ११ जनालाई पक्राउ गरिसकेको छ । आज पक्राउ परेका दुई जनासँगै पक्राउ पर्नेको संख्या ११ पुगेको हो । यसअघि गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित सात जना एकै पटक पक्राउ परेका थिए ।
गुरुङसहित धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू अहिले पनि हिरासतमै छन् । सीआईबीले पक्राउ गरेका अन्य तीन जनालाई भने त्यही दिन छाडेको थियो । उनीहरूलाई सर्वोच्चबाट पक्राउ नगर्न आदेश जारी भएको थियो ।
त्यस्तै, प्रकरणमा जोडिएका काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो । त्यसपछि समर्जङ कम्पनीका तत्कालीन प्रमुख रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई प्रहरीले गत सोमबार पक्राउ गरेको थियो । प्रहरीले यस प्रकरणमा ४०६ जनालाई प्रतिवादी बनाएर अनुसन्धान अघि बढाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply