संसदका दुबै सदनको वैठक बस्दै
२५ असार,काठमाडौं । संघीय संसदका दुबै सदनका वैठक आज (सोमबार) बस्दैछ । संघीय संसद प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दै छ । हिजो बस्दै नबसी सूचना टाँस गरेर सारिएको बैठक आज बस्ने भएको हो ।
संघीय संसद् सचिवालयका महासचिव डा. भरत गौतमले सूचना टाँस गरेर बैठक असार २५ (आज) ३ बजेका लागि सारिएको जानकारी दिएका थिए । यसअघि हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो ३ बजेसम्मका लागि सारेका थिए ।
प्रधानमन्त्री प्रचण्डले केही दिनअघि नेपालमा भारतको चाहनामा मात्र सरकार बन्ने आशयको अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बैठक अवरोध गरिरहेको छ । बैठक चलाउने सहमति जुटाउन भन्दै हिजो प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री बोल्ने र बैठक चलाउने सहमति तीन नेताबीच भएको थियो । तर, अन्तिम समयमा आएर बैठक सारिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद् बन्द भएको बताएका थिए ।
ओलीले सदन सञ्चालन गर्न आफूहरू सकारात्मक भए पनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरू फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गरे । उनले प्रधानमन्त्रीको जेठ २१ गतेको वक्तव्यप्रति गम्भीर आपत्ति रहेको पनि बताए । ओलीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्ने बताए ।
यस्तै आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेलगायत सम्भावित कार्यसूची रहेको छ ।
राष्ट्रियसभाको पनि बैठक बस्दै
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गर्दा पटक–पटक अवरुद्ध हुँदै आएको संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज (सोमबार) बस्दैछ ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा बिनियोजज विधेयकका विभिन्न शीर्षकहरूमाथि छलफल गर्ने कार्यसूची रहेको छ । एमालेले अवरोध गर्दा आइतबारको बैठक पनि चल्न सकेको थिएन । आइतबार बैठकको सुरुमै एमाले सांसद भगवती न्यौपानले प्रधानमन्त्री प्रचण्ड संसद्लाई ‘फेस’ गरेर जवाफ दिन लायक व्यक्ति नभएको बताएकी थिइन् ।
प्रचण्ड प्रधानमन्त्री प्रचण्डको कुर्सीमा बस्न योग्य व्यक्ति नभएको उनको जिकिर थियो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सञ्चालन हुने वातावरण बनाउन आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply