भारतको धौलीगंगा जलविद्युत्को बाँधको ढोका खोलिँदै, महाकाली नदी क्षेत्रमा ‘अलर्ट’
२६ असार,काठमाडौँ । भारतको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका आज खोलिँदैछ । बाँधका ढोका खोलिने भएकाले महाकाली नदी किनारमा बसोबास गर्नेहरुलाई आज बेलुकासम्म सतर्कता अपनाउन आग्रह गरिएको छ ।
भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका आज १५ घण्टाका लागि खोल्न लागिएको छ । यो परियोजनाको बाँधका ढोका खोल्दा महाकाली नदीमा बाढी आउँछ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना निकालेर महाकाली नदी किनार आसपास बसोबास गर्नेलाई सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न तथा नदी छेउछाउ नजान आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीका अनुसार धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका अहिले बिहानदेखि आज राति ८ बजेसम्म खुल्ने छन् । यो अवधि र त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरिएको छ ।
दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाइराख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो । भारतले सफाइको कामका लागि भन्दै परियोजना बाँधका ढोका खोल्न लागेको जानकारी पठाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँध बर्खाका बेला हरेक वर्ष खोल्ने गरेको छ । २०७० साल असार २ र ३ गते एक्कासी धौलीगंगाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौ रुपैयाँको क्षति भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply