एसिसी इमर्जिङ टिम्स कप : नेपाल आज पाकिस्तानसँग भिड्दै
२९ असार, काठमाडौं । एसिसी इमर्जिङ टिम्स कपमा आज (शुक्रबार) नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । बिहीबारबाट सुरु भएको प्रतियोगितामा नेपाल विजयी सुरुवातको प्रतीक्षामा छ । कोलम्बो क्रिकेट ग्राउन्डमा नेपाली समय अनुसार खेल १०ः१५ बजे सुरु हुनेछ ।
प्रतियोगिताको पहिलो दिन बिहीबार श्रीलंका र अफगानिस्तानले विजयी सुरुवात गर्दा दोस्रो दिन नेपाल पाकिस्तानलाई हराएर आफ्नो बलियो सुरुवातको लक्ष्यमा रहेको छ । शुक्रबार नै हुने दोस्रो खेलमा भारत र युएईको ‘ए’ टिमबीच पनि प्रतिस्पर्धा हुँदैछ ।
एसिसी इमर्जिङ टिम्स कपमा नेपाल बाहेक बाँकी सबै ७ टिमले ‘ए’ टिमलाई सहभागिताका लागि श्रीलंका पठाएका छन् । नेपालले पनि नियमित टिममा केही खेलाडी हेरफेर गरेपनि आफ्नो राष्ट्रिय टिमनै श्रीलंका पठाएको छ । नेपालले एसियाकपको तयारीका लागि राष्ट्रिय टिमनै पठाएको जनाएको छ ।
जिम्बाब्वे विश्वकप छनोटमा गएको टिमका पाँच खेलाडी अहिले टिममा छैनन् । जहाँ नयाँ अन्य खेलाडीलाई अवसर दिइएको छ । टोलीमा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी अहिले टिममा छैनन् । दीपेन्द्र र सन्दीपले क्यानडमा हुने ग्लोबल टी–२० का कारण टिममा नरहँदा आरिफले टिम घोषणा भएपछि घरायसी कारण देखाएर नाम फिर्ता लिएका थिए ।
ज्ञानेन्द्र र करणलाई भने यो पटक टिममा बोलाइएन । समूह ‘बी’ मा रहेको नेपाले आफ्नो दोस्रो खेल १७ जुलाईमा भारत तथा समूह चरणको अन्तिम खेल १९ जुलाईमा युएइसँग खेल्ने कार्यतालिका छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply