बाढी–पहिरोले दुई राजमार्ग पूर्णरुपमा अवरूद्ध
३० असार, काठमाडौं । लगातारको वर्षापछिको बाढी–पहिरोका कारण अहिले दुई राजमार्ग पूर्णरुपमा अवरूद्ध भएका छन् । १५ वटा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ ।
तानसेन–रिडी–कोरला, डुम्रे–बेशीसहर–चामे, कोशी राजमार्ग अन्तर्गत रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट– तुम्लिङटार–खाँदबारी–नुम–किमाथांका सडक, सिद्धार्थ राजमार्गको पाल्पास्थित बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडकखण्ड, कर्णाली राजमार्गको दैलेखस्थित जमुनाह–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु लगायतका विभिन्न राजमार्ग एकतर्फी सञ्चालनमा छन् ।
केचना–चन्द्रगढी, चारआली–इलाम–फिदिम गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोला जोड्ने मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलाको पुल बगाउँदा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ । त्यस्तै चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने तमोर करिडोरको सडक पनि पाँचथर माझीटारस्थित हेवा खोलामा अवरूद्ध छ । मनसुन सुरू भएयता १७ वटा सडक ९० स्थानमा अवरूद्ध भएको थियो । अहिलेसम्म २४ करोड ९६ लाखको अनुमानित क्षति भएको विभागले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply