बाढी–पहिरोले दुई राजमार्ग पूर्णरुपमा अवरूद्ध
३० असार, काठमाडौं । लगातारको वर्षापछिको बाढी–पहिरोका कारण अहिले दुई राजमार्ग पूर्णरुपमा अवरूद्ध भएका छन् । १५ वटा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ ।
तानसेन–रिडी–कोरला, डुम्रे–बेशीसहर–चामे, कोशी राजमार्ग अन्तर्गत रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट– तुम्लिङटार–खाँदबारी–नुम–किमाथांका सडक, सिद्धार्थ राजमार्गको पाल्पास्थित बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडकखण्ड, कर्णाली राजमार्गको दैलेखस्थित जमुनाह–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु लगायतका विभिन्न राजमार्ग एकतर्फी सञ्चालनमा छन् ।
केचना–चन्द्रगढी, चारआली–इलाम–फिदिम गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोला जोड्ने मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलाको पुल बगाउँदा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ । त्यस्तै चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने तमोर करिडोरको सडक पनि पाँचथर माझीटारस्थित हेवा खोलामा अवरूद्ध छ । मनसुन सुरू भएयता १७ वटा सडक ९० स्थानमा अवरूद्ध भएको थियो । अहिलेसम्म २४ करोड ९६ लाखको अनुमानित क्षति भएको विभागले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply