३१ असार २०८०, आईतवार ००:५८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
परराष्ट्रमन्त्री साउद आज बैंकक जाँदै
३१ असार, काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज (आइतबार) थाइल्याण्ड प्रस्थान गर्ने भएका छन्। बैंककमा हुने बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुन मन्त्री साउद नेतृत्वको प्रतिनिधि मण्डल आज त्यसतर्फ प्रस्थान गर्न लागेको हो।
आइतबार दिउँसो साढे १ बजे उनी थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्ने कार्यसूची रहेको उनको सचिवालयले जानकारी दिएको छ।
उनी साउन २ गते (मंगलबार) स्वदेश फर्कने कार्यक्रम रहेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साउद नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिएको थियो।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply