भारत ‘ए’ सँग नेपाल ९ विकेटले पराजित
१ साउन, काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एशिया कपमा नेपाल भारतसँग ९ विकेटले पराजित भएको छ । भारत ‘ए’ विरुद्ध टस जितेर ब्याटिङ गरेको नेपालले १६८ रनको सामान्य लक्ष्य दिएको थियो । उक्त लक्ष्य भारतले २२ ओभरमा पूरा गर्यो ।
भारतको जितमा अभिषेक शर्माले ६९ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ८७ रन बनाए । कप्तान रोहित पौडेलको बलमा ठूलो सट खेल्ने धुनमा अभिषेक लङ अनमा कुशल मल्लबाट क्याच आउट भएपछि शतक बनाउन चुके । पहिलो विकेटका लागि ओपनर साई सुदर्शन र अभिषेक शर्माले १९ ओभरमा १३९ रनको शतकीय साझेदारी भएको थियो । साई सुदर्शन ५२ बलमा ८ चौका र १ छक्कासहित ५८ रनमा नट आउट रहे । त्यस्तै ध्रुब जुरेल १२ बलमा १ चौका र २ छक्कासहित २१ रनमा नट आउट रहे ।
त्यसअघि श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल मात्रै ३७.२ ओभरमा १ सय ६७ रनमा अल आउट भयो । कप्तान रोहित पौडेलले ८५ बलमा ७ चौकासहित सर्वाधिक ६५ रनको योगदान दिए । अन्य कुनै पनि ब्याटरले अर्धशतकीय इनिङ खेल्न सकेनन् । इमर्जिङ टिम्स एसिया कपमा नेपालको यो दोस्रो हार हो । यसअघि पाकिस्तान ‘ए’ सँग नेपाल पराजित भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply